नेपाल भाषा र संस्कृतिको विकासमा योगदान दिने लाछिलाई ‘सुदर्शन–कपिला सिरपा’
विराटनगर / नेपाल भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय भूमिका खेल्दै आएका मध्यपुर ठिमीस्थित दबुली नेपालका संरक्षक गणेशराम लाछि यस वर्षको ‘सुदर्शन–कपिला सिरपा’बाट सम्मानित भएका छन् ।
नेपाल भाषा तथा सांस्कृतिक संघ ‘झी पुचः’ विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको विशेष समारोहमा लाछिलाई दुई लाख रुपैयाँ राशिसहित उक्त सम्मान प्रदान गरिएको हो । समाजसेवी सुदर्शनबहादुर श्रेष्ठ र उन...














