व्यवसायिक बन्दै टिकटक स्टारः १५ सेकेन्डको भिडियोबाट बीसौं हजार !
अहिले नेपाली गीत–संगीतको प्रबद्र्धन गर्ने सबैभन्दा सहज र सशक्त हतियार बनेको छ चाइनिज एप टिकटक । अहिले जेजति गीतहरु यूट्यूवमा हिट भएका छन्, तीमध्ये अधिकांसले टिकटकबाटै दर्शक कमाएका हुन् ।
अहिले सबैको मुखमा झुण्डिएको गीत हो, निशान भट्टराई र एलिना चौहानले गाएको ‘के माया लाग्छ र ?’ यो गीतले करिब ३५ दिनमा ७७ लाखभन्दा बढि भ्यूज पाएको छ । स्मरणीय के छ भने सुरुवातमा यो गीतको भ्यूज निकै सुस्त थियो । तर,...














