सारी तथा ब्लाउजबाट घरमै मास्क बनाउन सिकाउँदै अभिनेत्री विद्या बालन
काठमाडौं । कोरोना भाइरसका कारण भारतमा लाखौ मानिस प्रभावित भएका छन्, संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ६ सय बढीको मृत्यु भइसकेको छ ।
भाइरसबाट बच्न मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीहरुको अभाव भएको समाचार सार्वजनिक भइरहेका छन् । यस्ता समाचार आएपछि अभिनेत्री विद्या बालनले घरमै मास्क बनाउने सजिलो तरिका सिकाएकी छन् ।
घरमै बनाएको मास्कबाट पनि अरूको थुक एवं संक्रमणबाट आफूलाई बचाउन सकिने जिक...












