केटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला
बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देस्यले नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ ।
नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा ‘नेपाली बाल रचना’ https://www.youtube.com/balrachana नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानल...












