मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनलाई
काठमाडौँ - हिडन ट्रेजरले बर्षेनी गर्दै आएको सौन्दर्य प्रतियोगीता मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ । मिस नेपालको २४ औ संस्करण यहि बर्ष हुनेछ । प्रतियोगीताको आयोजक र कान्तिपुर टेलिभिजनबिच भएको सम्झौता अनुसार यस बर्षबाट प्रतियोगीताको प्रशारण अधिकार मुलककै ठुलो कान्तिपुर टेलिभिजनले पाएको हो । मिस नेपालको आयोजक हिडेन ट्रेजर र कान्तिपुर टेलिभिजनबिच यसअघि नै भएको सम्झौता हिजो सार्ब...














