एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमान्डौ, मंसिर २५
एपिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको एपिक नेपाल म्युजिक अवार्ड २०७५ का उत्कृष्ट पाँचमा परेकालाई हिजो राजधानीमा एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मेडल प्रदान गरिएको हो ।
कार्यक्रममा नेपाली काग्रेसका युवा नेता गगन थापा को समेत सहभागीता ...