फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दै
काठमाण्डाै – फिफा क्लब विश्वकपको पहिलो क्वाटरफाइनलमा आज राति फ्लुमिनेन्स र अल हिलाल खेल्दैछन् । यो खेल राति पौने १ बजे फ्लोरिडामा रहेको क्याम्पिङ वल्र्ड स्टेडियममा शुरू हुनेछ ।
प्रि–क्वाटरफाइनलमा फ्लुमिनेन्सले इन्टर मिलानलाई र अल हिलालले म्यानचेस्टर सिटीलाई हराउँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
यस्तै दोस्रो क्वाटरफाइनलमा भोलि बिहान पौने ७ बजे पाल्मेरिस र चेल्सी खेल्दैछन् । यो खेल लिङ्कन फाइनान...














