महानगरको सडक सौन्दर्यकरणमा इन्भेष्टमेन्टको पनि सहयोग

महानगरको सडक सौन्दर्यकरणमा इन्भेष्टमेन्टको पनि सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ख वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रति...

पर्सामा सामुहिक बलात्कारको घट्ना सार्वजनिक, एक जना पक्राउ, एक जना फरार

पर्सामा सामुहिक बलात्कारको घट्ना सार्वजनिक, एक जना पक्राउ, एक जना फरार
वीरगञ्ज– पर्सामा एक महिला सामुहिक बलात्कारको शिकार भएकी छिन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ। २७ वैशाखको राति दुई जना मिलेर एक महिलालाई बलात्कार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साहलाई प्रहरीले पक्राउ गरेको हो। अर्का एक व्यक्ति फरार छन्। साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो। ...

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।   जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।   थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए ।   तर, दाेस्राे खेलमा ...

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै   

आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै   
काभ्रेपलाञ्चोक, ३० वैशाख : अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति...

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग   

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग   
भोजपुर, ३० वैशाखः रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी जगदीश राईले बताउन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा
पुँच (भारत): अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ । यो युद्धविराम दुई देशबीच चार दिनसम्म चलेको क्षेप्यास्त्र, ड्रोन र तोपखाना आक्रमणहरू पछि सहमति भएको थियो । आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस भाग्न बाध्य भएका थिए । यो सन्...

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु
ढाका: आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल...

“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा ”   

“गाजामा भोकमरीको भयावह सङ्कट, लाखौं जनसङ्ख्या अत्यन्त जोखिममा ”   
तेल अभिभ, इजरायल: गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ । प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा भोकमरीको चरम अवस्थामा रहेको जनाएको छ । ...

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु   

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमणमा २० बालबालिका सहित २२ जनाको मृत्यु   
डेपेइन, म्यान्मार: म्यान्मारको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्मारको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरक...

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित
सुर्खेत, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन ।   कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोध...