सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गरौं : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, २३ वैशाखः उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । नागार्जुन नगरपालिकाको रामकोटमा निर्माणाधीन बद्रीनारायण धाममा आयोजित कार्यक्रममा उहाँले एउटा कानले सुन्ने र अर्को कानले विर्सने प्रवृत्ति बढेको बताउनुभयो ।
समाजलाई पवित्र बनाउँदै असत्यको बाटोबाट समाजलाई सत्यको बाटोमा लैजान यस्ता धार्मिक कार्यक्र...














