रंगशाला पूरा गर्न अर्थमन्त्रीलाई प्रस्ताव बुझाएर निर्णय कुर्दै धुर्मुस–सुन्तली
काठमाडौं– धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्ने आशंका बढेको छ। फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार गत साउन १५ गतेदेखि निर्माण कार्य ठप्प ।
उनले भने, ‘अझै पनि हामीले हात उठाएका छैनौं। सरकारले सहयोग गरेमा हामी निर्माण कार्य अगाडि बढाउने छौं।...













