‘माया बस्छ कि के हो !’ पोस्टरमा कस्मता र सोनालको प्रेम
प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘माया बस्छ कि के हो !’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पोस्टरसँगै फिल्ममा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । पोस्टरले उनीहरुबीचको प्रेमभाव बोल्छ ।
फिल्मको शीर्ष गीत भने यही शुक्रवार यूट्युबमा सार्वजनिक गर्ने त...














