बचतकर्ताको रकम ठगीको आरोपमा तुलसी सहकारीका तीन सञ्चालक पक्राउ
बचतकर्ताको रकम ठगीको आरोपमा पक्राउ परेका विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीन जना सञ्चालकलाई प्रहरीले आज (सोमबार) सार्वजनिक गरेको छ ।
शेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष विराटनगर–६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर–१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–३ घर भएका मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबा...