मिथुनको हत्याको आरोपमा श्रीमतीसहित ५ जना पक्राउ
विराटनगर / सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षिय मिथुन उराँउको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ ।
असार ३ गते भएको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मिथुनको श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको हो ।
हत्यामा संलग्न भएको आरोपमा मिथुनकी श्रीमती प्रमिला उराँव, सासु छवनीदेवी उराँव, ससुरा रामदेव उराँव, अरविन उराँव र अजय उराँवलाई पक्...