भक्तपुरमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने
भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशील प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशील प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । प्रतियोगीतामा भलिबल, एथलेटिक...














