टिभीमा पत्रकारिता गर्न गएको, जिएम साब त ‘जसरी हुन्छ ठोक्नुस्’ आदेश पो दिन्छन्
“कर्मचारीको पिसिआर टेस्ट गरेको खबर बाहिर गयो भने राम्रो सन्देश जाँदैन। टेलिभिजन नै सिल हुनसक्छ। के गर्ने भनेर व्यवस्थापनले तयारी गर्दैछ, तपाईँ अहिले घर जानू। यदि टेस्ट गर्ने भयो भने अफिसले तपाईंलाई बोलाउँछ। जिएम सा’बले भन्नु भा’को। हैन, पिसिआर टेस्ट गर्ने नै हो भने तपाईं टेकु जानुस र आफै गर्नुस। डाक्टर चिन्नु भएको छैन भने, तपाईंलाई व्यक्तिगत रुपमा म डाक्टरसँग कुरा गरेर सहयोग गर्न सक्छु। मैले गर्न ...













