कोरोना भाइरस संक्रमित कस्तो व्यक्तिको मृत्यु हुनसक्छ
एजेन्सी, २० फागुन - कोरोना भाइरसको संक्रमण हुनेवित्तिकै कुनै पनि व्यक्तिको मृत्यु भइहाल्दैन । अध्ययनले कोरोना भाइरस लागेको व्यक्तिको मृत्युको संख्या एक देखि दुई प्रतिशतसम्म हुने देखाएको छ ।
मृत्युको सम्भावना कम या बढी विभिन्न अवस्थाले समेत निर्धारण गर्दछ । जसमा उमेर, लिंग, सामान्य स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता पर्दछ ।
चीनमा कोरोना भाइरस संक्रमितमाथि गरिएको अध्ययनले जति कम उमेर भयो उति...













