रानुदेवीलाई दीर्घ साधना सम्मान, तुलसी र माण्डवीलाई दशकको सम्मान
१६ असोज, काठमाडौं । म्यूजिकखबरको आयोजनामा भएको सातौं म्यूजिकखबर म्यूजिक अवार्ड २०७५ आगामी असोज १९ गते शुक्रबार प्रदेश नं. १ को राजधानी विराटनगरमा सम्पन्न हुन गइरहेको छ । गीतसंगीतका विभिन्न ३३ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । मुलुकभित्र आन्तरिक रुपमा सांस्कृतिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक म्यूजिक अवार्ड सम्पन्न हुन गइरहेको छ । विगत ६ वर्षदेखि रा...














