आजको राशिफल ~ वि.सं. २०८० चैत्र २२ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यावसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा बचन...














