पर्वतबाट सुरु भयो ‘ककाकिकी’को छायांकन, ‘कमेडी दरबार’ टिम ठूलो पर्दामा
नेपाली चर्चित टिभी शो ‘कमेडी दरबार’को टिमले निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’ को छायांकन बिहीवारदेखि पर्वतको भूकदेउरालीबाट सुरु गरेको छ । शुभमुहूर्तसँगै ३५ दिने तालिकासहित फिल्मको सुटिङ प्रारम्भ गरिएको हो ।
निर्देशक बिक्की अग्रवालका अनुसार पहिलो चरणमा करिब तीन साता गाउँको परिवेशमा छायांकन हुनेछ भने त्यसपछि सुटिङ काठमाडौंमा सर्नेछ । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, म...














