अर्जुनको निर्देशनमा केकी र प्रकाशको ”ए माइली” सार्वजनिक
काठमाडौं–
नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अभिनित गायिका अमृता नेपाली र गायक यज्ञ विश्वकर्माको आवाजमा रहेको ”ए माइली” गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडि विचको माया र प्रेम लाई गीतमा समेटिएको छ ।
रमेश परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा लाई गीतमा ब्यक्त गरिएको छ । कृष्ण विश्वकर्माको एरेन्ज तथा खड्ग बाजुरालीको मिक्सिङ गीतमा छ ।
...














