‘बहाव’ कमलमणि नेपाल
काठमाडौं । अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।
फिल्ममा उनले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गरेका छन् । कमलमणिका अनुसार उनले फिल्ममा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गरेका छन् । ‘मेरो चरित्र हरेक प...














