स्ववियु निर्वाचन प्रारम्भ, नेपाल कमर्श क्याम्पस र वाल्मिकी विद्यापीठलगायत दर्जनबढी क्याम्पसमा स्थगित
काठमाडौं– त्रिभुवन विश्वविद्यालयसहित देशभरका आंगिक र सम्बन्धनप्राप्त अधिकांश क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रारम्भ भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण भएका केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ ।
१४ वर्षपछि देशभरिका ६० आङ्गिक क्याम्पस तथा एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान प्रारम्भ भएक...













