बिधुतिय करेन्ट र चट्याङले लागेर २ जनाको मृत्यु

बिधुतिय करेन्ट  र चट्याङले लागेर २ जनाको मृत्यु
विराटनगर, वैशाख २३ गते । ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा-८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा इलाका प्रह...

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
काठमाण्डौ – आज सुनको भाउ एकैदिन तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज पाँच हजार तीन सय रुपैयाँले बढेर एक लाख ८९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि यही वैशाख ४ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको थियो । केही दिनयता सुनको भा...

किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो

किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो
काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको...

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति
काठमाडौं, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताएका छन ।   “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगा...

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं, २२ बैशाख ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–३ बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ३६ वर्षीय जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिका– १५ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका–६ घर भएका ३६ वर्षीय नरेन्द्र बहादुर तामाङ र काठमाडौं महानगरपाल...

बिधालयमा नेपाली बोले दण्डित गर्न पाइदैनः काठमाडौं महानगरपालिका

बिधालयमा नेपाली बोले दण्डित गर्न पाइदैनः काठमाडौं महानगरपालिका
काठमाडौं, २२ बैशाख । काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने बिधालयलाइ कारबाहीको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका भित्रका बिधालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो । महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा  शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न...

नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ

नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ
नेपाल सरकारको नीति तथा कार्यक्रममाथि अध्यक्ष प्रचण्डको सम्बोधनको पूर्णपाठ सम्मानीय सभामुख महोदय,  सर्वप्रथम म राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति अफ्नो प्राण उत्सर्ग गर्ने महान सहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु ।  साथै, बिभिन्न कालखण्डका क्रान्ति र आन्दोलनका वेपत्ता योद्धा, यातना पीडित र घाइते योद्दाहरुप्रति सम्मान व्यक्त गर्दछु।    आजको दिन विश्व सर्वाहारा व...

साउथ सुडान जाने एफपीयूको १२औं डफ्फालाई सशस्त्रका आईजीपी अर्यालद्वारा बिदाई

साउथ सुडान जाने एफपीयूको १२औं डफ्फालाई सशस्त्रका आईजीपी अर्यालद्वारा बिदाई
काठमाडौं, बैशाख २१ गते । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ अभियान अन्तर्गत साउथ सुडान (UNMISS) जाने नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १२औं डफ्फालाई बिदाई गर्नुभएको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित विशेष समारोहमा आईजीपी अर्यालले शान्ति स्थापनार्थ जाँदै गरेका १२औं डफ्फाका सदस्यहरूलाई औपचारिक रूपमा बिदाई ...

२०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ वैशाख २० गतेदेखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा मनमा उत्साहको कमी रहनेछ । व्यापार व्यवसायतर्फ नयाँ कार्य हात लाग्नेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । साताको मध्यमा अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको अन्तिममा समय अवस्था विचार गरेर निर्णय लिनुहोला । राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साताको प्रारम...

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले
नयाँ दिल्ली, २१ बैशाख । पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट बन्द गरेको छ। दुई देशबीचको अटारी–वाघा अन्तर्राष्ट्रिय सीमानामा भारत र पाकिस्तानबीच बढ्दो शत्रुताको लहर प्रस्ट देखिन्छ ।   यो कडा निर्णयका कारण भारत र पाकिस्तानबीचको सीमापार व्यापार ठप्प भएको छ । आधिकारिक तथ्यांकअनुसार भारतले अटारी बन्दरगाह हुँदै पाकिस्तानमा भटमास, कुखुर...