प्रितमको गायनमा कायल भए बलिउड नायकहरु , ट्वीटरमा यसरी गरे प्रशंसा
पछिल्लो समय नेपाली युवायुवतीहरुले गायन तथा नृत्य क्षेत्रमा अन्तराष्ट्रिय मञ्च खोज्ने क्रम बढ्दो छ । पछिल्ला केही बर्ष यता भारतीय चर्चित रियालिटी शोहरुमा नेपालीहरुको उपस्थिती निकै हुने गरेको छ । भारतीय शोहरुमा नेपालीहरुले देखाएको चमत्कारी प्रर्दशनपछि आजभोली भारतीय टिभी च्यानल नै नेपालीहरु बिना शो नै अधुरो हुने मान्यता राख्ने गर्छ । एकातिर शोको चर्चा हुने र अर्काेतिर टिआरपी (टेलिभिजन रेटिङ प्वोईन्ट)...














