‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री

‘न्याउली वनैमा’मा विजय र समृद्धिको प्रेमिल केमेस्ट्री
भाइटीकाको अवसर पारेर कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘वरिष्ठ बलराम’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘न्याउली वनैमा’ शीर्षकको यो गीत लोक शैलीमा सजिएको छ, जसमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् । गीतका शब्द तथा संगीत सिवाकोटी स्वयंले तयार गरेका हुन् । प्रेमभावलाई केन्द्रमा राखिएको गीतले प्रियतमलाई मनको गहिराइमा स्थान दिने भाव व्यक्त गर्छ । गीतको भिडियोमा ...

अनमोल–आँचलको रोमान्टिक केमेस्ट्रीसहित ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक

अनमोल–आँचलको रोमान्टिक केमेस्ट्रीसहित ‘जेरी अन टप’को पहिलो गीत सार्वजनिक
बडादशैंको सुरुआती दिनमै फिल्म जेरी अन टपले आफ्ना दर्शकलाई विशेष उपहार दिएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको यो बहुप्रतिक्षित चलचित्रले ‘कस्तुरी’ शीर्षकको पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । रोमान्टिक धुनमा सजिएको गीतमा अनमोल केसी र आँचल शर्माको जोडीलाई मुस्ताङदेखि भारतको राजस्थानसम्मका रमणीय लोकेशनमा प्रस्तुत गरिएको छ । कोरियोग्राफर किरण थापाले उनीहरूलाई ‘लभ बर्ड्स’को रूपमा प...

‘लज्जावती’ फिल्मको छायांकन शुभारम्भ

‘लज्जावती’ फिल्मको छायांकन शुभारम्भ
असोज ६, २०८२ सोमबार बिहान पशुपतिनाथ परिसरमा विधिवत् शुभ साइत गर्दै नयाँ चलचित्र ‘लज्जावती’ को छायांकन सुरु भएको छ। शुभमुहूर्तको पहिलो सट ख्यातिप्राप्त लेखक तथा निर्देशक प्रदीप भारद्वाजले निर्देशन गरेका हुन्। आहा फिल्म्सको व्यानरमा निर्माण हुँदै गरेको यस चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्मा मुख्य भूमिकामा देखिनेछन्। निर्माण टिमले करिब ३० दिनको सेड्युलमा फिल्म सु...

अभिनेता विजय बराल दम्पतीलाई पुत्री लाभ

अभिनेता विजय बराल दम्पतीलाई पुत्री लाभ
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता विजय बराल दोस्रोपटक पिता बनेका छन्। उनकी श्रीमती तथा कलाकार प्रमिलाले सोमबार बिहान काठमाडौं मोडल अस्पताल, बागबजारमा सुपुत्रीलाई जन्म दिएकी हुन्। बराल दम्पती यसअघि नै एक छोराका अभिभावक रहँदै आएका थिए। नयाँ सन्तानको आगमनसँगै परिवारमा खुशी थपिएको छ। विजयले फेसबुकमार्फत खुशी साट्दै लेखेका छन्, “न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबी...

‘अभिमन्युः च्याप्टर वान’ अब असोज २४ गतेदेखि

‘अभिमन्युः च्याप्टर वान’ अब असोज २४ गतेदेखि
असोज १३ गते फूलपातीमा ल्याउने फिल्म ‘अभिमन्युः च्याप्टर वान’ पुनः स्थगित भई नयाँ मितिमा रिलिज हुने भएको छ। सुरुमा भदौ २७ गते प्रदर्शनको तयारी भए पनि जेनजी आन्दोलनका कारण फिल्मको रिलिज स्थगित गरिएको थियो। असोज १३ गते फूलपातीमा धेरै फिल्म रिलिज हुने भएकाले अन्ततः असोज २४ गतेलाई आधिकारिक मिति तय गरिएको हो। निर्माता कम्पनी सेभेन सिज सिनेमाले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा पर्याप्त शो सुनिश्चित ...

‘बलिदान’को ट्रेलर सार्वजनिक, देशभक्तिका रंगले रंगिएको कथा

‘बलिदान’को ट्रेलर सार्वजनिक, देशभक्तिका रंगले रंगिएको कथा
दशैं लक्षित प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बलिदान’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेसँगै दर्शकमाझ चासो थपिएको छ। सार्वजनिक ट्रेलरमा मुख्य नायक समीर भट्टको दमदार अभिनय र एक्सन देखाइएको छ। निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको यस चलचित्रले देशभक्तिको कथा बोकेको छ। असोज १३ गते फूलपातीका दिनदेखि रिलिज हुने यो फिल्मलाई दर्शकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। फिल्ममा समीर भट्टसँगै ऋचा ...

‘हरिबहादुरको जुत्ता’ ट्रेलर सार्वजनिक : कमेडीसँगै राजनीतिक सन्देश

‘हरिबहादुरको जुत्ता’ ट्रेलर सार्वजनिक : कमेडीसँगै राजनीतिक सन्देश
दशैंको मुखैमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी रहँदा आएको ट्रेलरले दर्शकबीच उच्च उत्साह जगाएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा देखिएका छन्। उनको कमेडी टाइमीङले ट्रेलरमै दर्शकलाई पेट मिचिमिची हसाउँछ भने अर्कोतर्फ राजनीतिक व्यङ्ग्य पनि बलियो रूपमा प्रस्तुत गरिएको छ। ने...

‘माइतीघर’ रिलिज अगाडि नै चर्चामा , नृत्य प्रतियोगिताले दर्शकमा उत्साह, लाखौं भ्यूज र हजारौं सहभागिता

‘माइतीघर’ रिलिज अगाडि नै चर्चामा , नृत्य प्रतियोगिताले दर्शकमा उत्साह, लाखौं भ्यूज र हजारौं सहभागिता
नेपाली फिल्म ‘माइतीघर’ असोज १३ गते, फूलपातीको दिनबाट देशभर प्रदर्शनमा आउन लागेको छ। तर यसको रिलिज मितिभन्दा अघि नै फिल्म चर्चामा छ – विशेषतः यसको शीर्ष गीतसँग जोडिएको नृत्य प्रतियोगिताले दर्शकहरूमा अत्यधिक उत्साह पैदा गरेको छ। सोमबारबाट सुरु भएको उक्त प्रतियोगितामा सुरुको २४ घन्टाभित्रै हजारौं भिडियो निर्माण पक्षसम्म पुगेका छन्। निर्माता रोहित अधिकारीका अनुसार, यो प्रतियोगितामा दर्शकको ‘अप्रत्य...

‘माइतीघर’को नृत्य प्रतियोगितामा ५ लाख रुपैयाँको अहिलेसम्मकै ठूलो पुरस्कार

‘माइतीघर’को नृत्य प्रतियोगितामा ५ लाख रुपैयाँको अहिलेसम्मकै ठूलो पुरस्कार
दशैंको फूलपाती अर्थात (असोज १३) बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म माइतीघर ले दर्शकलाई आकर्षित गर्न विशेष प्रचार अभियान सुरु गर्ने घोषणा गरेको छ। यस अन्तर्गत, फिल्मको कालजयी गीत ‘प्राण भन्दा प्यारो माईतीघर’ को रिक्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ, जसको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। निर्माता रोहित अधिकारीका अनुसार, भाद्रको दोस्रो सातादेखि प्...

कोरिया जाने सपनाबाट काठमाडौंको संघर्षसम्म – ‘जनै हराएको मान्छे’

कोरिया जाने सपनाबाट काठमाडौंको संघर्षसम्म – ‘जनै हराएको मान्छे’
नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। यसैको प्रचार–प्रसारको क्रममा निर्माण टिमले जनै पूर्णिमाको अवसर पारेर शनिबार यसको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरले आर्थिक कठिनाइले कोरिया जान खोज्ने एक युवकको जीवनकथा देखाउँछ। मुख्य पात्र विजय बरालले बुबाको ऋण तिर्ने र परिवारलाई सुख, सुविधा दिने सपना बोकेर विदेश जाने तयारी गर्छन्। तर, काठमाडौं आइप...