फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र शान्ति श्री परियारको युगल स्वर रहेको छ । माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राखेर तयार पारिएको गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक...

फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा

फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माणको घोषणा
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वज...

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
काठमाडौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधा...

‘मनसरा’ को ट्रेलर सार्वजनिक

‘मनसरा’ को ट्रेलर सार्वजनिक
बहुप्रतिक्षित नेपाली चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । चार मीनेट २६ सेकेन्ड लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ । चलचित्रमा लिम्बू महिलाको भूमिका निभाएकी अभिनेत्री मिरुनाको दमदार अभिनय देखिन्छ । उनको जोडीका रुपमा अभिनेता द...

फिल्म होस्टेल- ३ को घोषणा

फिल्म होस्टेल- ३ को घोषणा
काठमाडौँ । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ ।  बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् । ‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी नि...

‘महाजात्रा’ ले सिड्नीमा तोड्यो रेकर्ड

‘महाजात्रा’ ले सिड्नीमा तोड्यो रेकर्ड
काठमाडौँ । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले रेकर्ड ब्रेक गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शोको रेकर्ड ब्रेक गर्दै आज अप्रिल १५ मा २८ औँ शो भएको हो । अर्थात् यसले आफ्नै अघिल्ला सम्पूर्ण रेकर्ड ब्रेक गरेको छ । यसका साथै सिड्नी र अष्ट्रेलियामा बनाएको रेकर्ड आउँदो शनिवारसम्म तोड्ने डायस्पोरा वितरक कम्पनि एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीम...

चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने

चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने
इटहरी/ बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका च...

यो मन त मेरो नेपाली हो” को फस्टलुक्समा रोशन,आयुषा , विल्सन ,‘हैट’ र विजय

यो मन त मेरो नेपाली हो” को फस्टलुक्समा रोशन,आयुषा , विल्सन ,‘हैट’ र विजय
काठमाडौं ,बैशाख १ नया बर्ष २०८१ को अवसर परेर चलचित्र “यो मन त मेरो नेपाली हो” को फस्ट लुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टरमा मुख्य कलाकारहरु रोशन श्रेष्ठ,आयुषा समाल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’ र विजय बराललाई देख्न सकिन्छ। २०८१ सालमा नै रिलिजको तयारीमा रहेको “यो मन त मेरो नेपाली हो” को छिट्टै प्रदर्शन मिति तय गरिने निर्माता ज्ञान बहादुर प्रधान (रोशन) ले बताउनु भयो । ...

सातौं पटक अजय–अक्षयका फिल्मको भिडन्त, आज देखी दुबैको फिल्म थियटरमा

सातौं पटक अजय–अक्षयका फिल्मको भिडन्त, आज देखी दुबैको फिल्म थियटरमा
मुम्बई, २९ चैत । अजय देवगन स्टारर फिल्म मैदान र अक्षय कुमार–टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ आज इदको अवसरमा रिलिज हुँदैछन् ।   अजय र अक्षयको फिल्म भिडेको यो पहिलो पटक भने होइन । यसअघि दुवै बक्स अफिसमा ६ पटक आमनेसामने भइसकेका छन् । योसँगै विगत १० वर्षमा पहिलो पटक इदमा दुई फिल्मको भिडन्त भएको छ । बडे मियाँ छोटे मियाँ र मैदानबीचको झडपमा के भन्छन् त बलिउड व्यापार विज्ञ तरण आ...

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका
मुम्बई, २८ चैत । आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् । हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ। यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो। फिल्मको काम सकिएको छ, अहिले पोस्ट प्रोडक्सनको चरणमा छ । यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिनेछन् । तर जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो त ऋतिक रोशनक...