‘परान’को प्रदर्शन यात्रा प्रारम्भ, भावनाले छोयो दर्शकको मन
भावनात्मक सम्बन्ध र पारिवारिक मर्ममा आधारित चलचित्र ‘परान’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। एकल रिलिजको रूपमा प्रदर्शनमा आएको यो फिल्मले देशव्यापी करिब ७० शो पाएको छ तर, पहिलो दिनको प्रदर्शनमा फिल्मलाई केही चुनौतीहरू सामना गर्नुपरेको छ भने अग्रिम टिकट बिक्री सुस्त रहेको र झरीका कारण बिहानका शो प्रभावित भएका छन्।
फिल्मको प्रतिस्पर्धीका रूपमा अहिले पनि ‘जेरी अन टप’ बलियो देखिएको छ, जसले दुई ...














