‘कुमारी’मा नयाँ जोडी अबिषेक–आकृतिको डेब्यु, प्रेमकथामा पुन
आगामी नेपाली फिल्म ‘कुमारी’ ले नयाँ स्टार जोडी अबिषेक खड्का र आकृति राजभन्डारीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै दर्शकमाझ प्रवेश गराउन लागेको छ। दुवै कलाकारका लागि यो फिल्म नै मुख्य भूमिकाको डेब्यु बनेको छ।
‘आइ एम सरी’बाट निर्देशन यात्रा थालेका तथा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका निर्देशक दिनेश राउत पछिल्लो समय सामाजिक विषयमा केन्द्रित फिल्म बनाइरहेका थिए। तर दर्शकको चाहना र सुझा...














