फरक ढंगबाट तयार भएको जे.बि ओलीको “काली आई लभ यु” को म्युजिक भिडियो सार्बजनिक”
काठमान्डौ असोज ०९ - चर्चित गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ “काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे.बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
...














