११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ
‘अपराधको दुनियाँ’मा आज पनि सल्बलाइरहेका छन्, अनेकौं ‘ग्याङ’। जेलभित्र होस् या जेलबाहिर। जलदेखि स्थलसम्म छुट्टै संसार चलाउन तम्सिरहेका छन्, ठूला–ठूला अपराधी। जो–जसको नाम सुनेर सरकार मात्रै होइन अर्को अपराधी समूह पनि उतिकै त्रसित छ।
दुनियाँमा नाम चलेका कैयौं ‘ग्याङस्टार’ छन्। उनीहरू कहाँ बस्छन्, के खान्छन्, कसले पालिरहेको छ, अत्तोपत्तो हुँदैन। तर, उनीहरूको लागूऔषध, अवैध हतियारको कारोबार, मावन तस्...