दर्जनौं पदक जितेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउँदै विनय
अष्ट्रिया÷ अष्ट्रियामा बसोबास गर्दै आएका नेपाली युवा खेलाडी विनय कार्कीले अन्तर्राष्ट्रियस्तरका विभिन्न पदक जितेर नेपालको शान उच्च बनाएका छन् ।
विदेशमा बसेर पनि मातृभूमि नेपालको प्रतिष्ठा उच्च बनाउन सकिन्छ भन्ने उदाहरण कार्कीले प्रस्तुत गरेका छन् । उनले मार्सल आर्टस अन्तर्गत तेक्वान्दो खेलमार्फत दर्जनौं अन्तर्राष्ट्रिय पदक प्राप्त गरिसकेका छन् । चार महादेशको ३४ देशमा अष्ट्रियाका तर्फबाट सहभागित...













