चार देशीय महिला टी–२० क्रिकेटमा नेपालले जापानलाई ६७ रनले हरायो
काठमाण्डाै - चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ ।
हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।
जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट भयो । नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा सङ्गीता राईले ३ र पूजा महतोले २ विकेट लिइन् ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक ...