साउदीसँग अर्जेन्टिना पराजित
काठमाडौं, ६ मंसिर
कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै अर्जेन्टिनाले साउदीसँग हार व्यहोरेको छ ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरले पराजित हुँदै अर्जेन्टिनाले हार व्यहोरेको हो ।
लुसाइल स्टेडियममा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध पुनरागमन गर्दै जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । कप्तान लियोनल मेस्सीले १०औं मिनेटमा पे...