नायक पल शाह बने १४ अञ्चलकै ज्वाई [भिडियो सहित]
चर्चित नायक पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले नायिका सारा सिर्पालीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।
माधव न्यौपानेको शब्द तथा संगीत तथा चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको भिडियोलाइ शुक्रबार राती इनाक्षी इन्टरटेण्टमेन्टको यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो । गायक खुमनले आफ्ना साविकका गीतहरु भ...