विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं,
वैशाख २६ ।
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
...














