गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक
काठमाण्डौं ।
क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन याप...













