हरियो चुरा, मेहन्दी र साउन महिना
यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिडिरहेका नारीहरुलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले ...













