रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन
काठमाडौं : गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा वैशाख १८ गते, बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनको बिहीबार रातिनै अन्त्यष्टी पनि गरिसकिएको छ ।
रेडियो नेपालकी पहिलो गायिकाको रुपमा परिचित रानुले क्रान्तिकारी गीत सं...













