इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !
काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो ।
...