लकडाउनपछि नम्रतादेखि स्वस्तिमाको पारिश्रमिक घट्यो कि बढ्यो ?
लकडाउनका कारण ६ महिनादेखि नेपाली चलचित्रको काम ठप्प छ । चलचित्रको छायांकन र रिलिज रोकिएका छन् । चलचित्रकर्मीहरु काम कहिले सुरु हुन्छ भन्ने आशमा छन् । केही निर्माताहरु चलचित्र निर्माणका लागि कलाकार समेत छनोट गरेर बसेका छन् ।
लकडाउन भएपछि निर्माताहरुलाई चलचित्र बनाउन समस्या नहोस् भनेर धेरै कलाकारले आफ्नो पारिश्रमिक कटौती गर्ने पनि बताएका थिए । नायक दयाहाङ राई, पल शाह, नायिका स्वस्तिमा खड्का लगायत...