‘अक्षरा’को पहिलो पोस्टर सार्वजनिक, न्यान्सी खड्काको रहस्यमय अवतारले बढायो उत्सुकता
तीजको अवसरलाई लक्षित गर्दै भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले फिल्मको मुख्य पात्र ‘अक्षरा’को भावनात्मक संसारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता जगाउने प्रयास गरेको छ।
सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्का गाउँको ढुङ्गे चौतारोमा एक्लै बसेर गहिरो सोचमा डुबेको अवस्थामा देखिएकी छन्। उनको अनुहारमा देखिएको गम...














