`न्याउली वनैमा’ले ल्यायो हलचल: ‘वरिष्ठ बलराम’प्रति दर्शकको चासो उत्कर्षमा
नेपाली फिल्मका गीतहरूले अपेक्षित सफलता नपाइरहेको अवस्थामा चलचित्र ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’ ले दर्शकमाझ असाधारण प्रभाव पारेको छ भने रिलिज भएको दुई सातामै यो गीत सामाजिक सञ्जालमा छाइरहेको छ र एक किसिमको सांगीतिक सनसनी बनाएको छ।
१४ दिनमै युट्युबमा ५७ लाखभन्दा बढी भ्यूज प्राप्त गरेको साथै यो गीतले २ लाख ३५ हजारभन्दा बढी टिकटकमा भिडियो सृजना गरि सकेको छ र टिकटक प्रयोगकर्ताले यो गीतका लय...














