‘प्रसाद’लाई दर्शकको ताली पर्रर

‘प्रसाद’लाई दर्शकको ताली पर्रर
काठमाडौं । फिल्म ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मका निर्देशक दिनेश राउत हुन् । जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा समेटिएको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । विपिन र नम्रता श्रीमान/श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन् । व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । प्राय...

‘माया लाउँ कि नलाउँ भो’ मा केकी अधिकारी र टिकटक क्वीन अकेशाको अभिनय (भिडियो)

‘माया लाउँ कि नलाउँ भो’ मा केकी अधिकारी र टिकटक क्वीन अकेशाको अभिनय (भिडियो)
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडयो सार्वजनिक भएको छ । गायक चुडामणि पौडेल र गायिका टिका प्रसाईको सुमधुर स्वरमा सजिएको 'माया लाउँ कि नलाउँ भो' बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो । गीतमा चुडामणि पौडेलको शब्द, टिका भण्डारीले संगीत रोमी बस्नेतको संगीत संयोजन रहेको छ। भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय रहेको ...

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ । दिपक गिरीको छायाँकन , ...

‘आर्या’को गीतमा शिल्पा

‘आर्या’को गीतमा शिल्पा
फिल्म ‘आर्या’ को गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । लकडाउनका कारण प्रदर्शनमा रोकिएको आर्याको हालै गीत सार्वजनिक गरिएको हो ।तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण गरिएको यस फिल्मको गीतलाई मेलिना राइले स्वर दिएकी छन् । कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ...

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)

एकअर्काको पोल खोल्दै प्रीतम आचार्यसंगै पहिलोपटक मिडियामा उनको दिदी (भिडियो)
https://youtu.be/9bCU3BKAIdc ईटहरी/ भारतिय चर्चित टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा गएपछि लोकप्रिय बनेका बाल गायक प्रीतम आचार्य यतिबेला घरमै छन् । स्वरका कारण आफुलाई संगै नेपाललाइ समेत विश्वमाझ चिनाउन योगदान दिएका आचार्य उक्त रियालिटी शो बाट फर्केपछि भने सुस्ताए । केही सम्मानका कार्यक्रम र पढाईमा भन्दा उनको ध्यान गएन । जिटिभिको सम्झौताको कारण पनि उनी चुप थिए । लकडाउनको समयमा प्र...

संगीतमा उदाएका यी ‘चार तारा’ : बजारमा एकछत्र राज

संगीतमा उदाएका यी ‘चार तारा’ : बजारमा एकछत्र राज
रेकर्डिङ स्टुडियोबाट दैनिकजसो नयाँ–नयाँ गीत बाहिरिन्छन् । यूट्युबमा दिनकै एकसे एक फरक र भिन्न शैली मिसिएर निर्माण गरिएका म्युजिक भिडियो पनि सार्वजनिक भइरहेका छन् । एउटै गीतमा २ लाखदेखि १५ लाखसम्म खर्च भएका छन् । हप्तौं मेहनत गरेर गीत र भिडियो निर्माण गरेपनि कुन गीत चल्छ र कुन गीतको भिडियोले बाजी मार्छ, कसैले अनुमान गर्न सक्दैनन् । श्रोताको कानमा गुञ्जिने र जिब्रोमा झुण्डिने गीत कुन बनिदिन...

राजेश र करिश्माको ‘यादका लहरहरुमा’

राजेश र करिश्माको ‘यादका लहरहरुमा’
नेपाली चलचित्रको सफल जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर, डाक्टर प्रकाश पौडेलको शब्द तथा राज सागरको संगीत रहेको ‘यादका लहरहरुमा’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ । यो गीतको म्यूजिक भिडियोमा नायक राजेश ह...

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक
काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन...’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको...

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)
काठमाडौं, विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक भएको छ । टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ओपल रेकर्ड...

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन्। अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र...