`चुना लाएर’मा इशाको मोहनी नृत्य र कथाको रंग
सिम्रन परियारको मधुर स्वरमा सजिएको ‘चुना लाएर’ बोलको गीत सार्वजनिक भएको छ। दिनेश सुवेदीले रचना गरेको शब्दलाई बाबुल गिरीको संगीतले अझ भावपूर्ण बनाएको छ।
भिडियोमा मोडल इशा परियारले आफ्ना आकर्षक नृत्यका साथ दर्शकलाई मन्त्रमुग्ध बनाएकी छिन्। लामो समयदेखि मोडलिङ क्षेत्रमा सक्रिय इशाले यसअघि नायक पल शाहसँगको ‘डार्लिङ डार्लिङ’ गीतमा पनि दमदार उपस्थिति जनाइसकेकी थिइन्। एक दर्जनभन्दा बढी भिडियोमा नृत्य ...














