‘मितज्यू’को फर्स्टलुक सार्वजनिक : पञ्जा लडाइँदेखि प्रेम त्रिकोणसम्मको संकेत
हालै छायांकन सम्पन्न गरेको फिल्म **‘मितज्यू’**ले आफ्नो फर्स्टलुक पोस्टर सार्वजनिक गरेको छ। यसअघि गत वर्ष माघमा निर्माण घोषणा गर्दा सार्वजनिक गरिएको पेन्टिङ पोस्टरकै आधारमा नयाँ फर्स्टलुक तयार पारिएको निर्माण पक्षले जनाएको छ।
पोस्टरमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर आकर्षक ढंगले प्रस्तुत छन्। दयाहाङ र सौगातबीचको पञ्जा लडाइँले दुई पात्रबीचको आत्मसम्मान र द्वन्द्वको संघर्ष...














