‘आ बाट आमा’को छायांकन सम्पन्न, पल शाहले चन्द्र पन्तसँग अर्को फिल्ममा समेत हातेमालो
निर्देशक चन्द्र पन्तले निर्माण गर्दै आएको ‘आ बाट आमा’ को छायांकन सकिएको छ। सुरुमा ३० दिनको योजना बनाएपनि, प्राविधिक र कलाकारहरूको सहकार्यका कारण चलचित्र २५ दिनमै खिचाइ पूरा भएको निर्देशक पन्तले जनाए।
चितवन र काठमाडौंका विविध स्थानमा छायांकन गरिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। फिल्ममा आ...














