लकडाउनमा लेखनमै व्यस्त मैथिली साहित्यकार
जनकपुरधाम । मैथिलीका अग्रज साहित्यकार एवं अभिनेता रमेशरञ्जन झाले आज मात्रै एउटा नाटकलाई पूर्णता दिएका छन् । भाइबहिनीका पावनप्रेमको प्रतीक सामा चकेवा पृष्ठभूमिमा गत एक सातादेखि पूर्णाङ्की नाटक उनी लेखिरहेका थिए । अहिले धनुषाको परवाहास्थित गाउँमै छन् उनी । आमाबाहेक उनका सबै सदस्य काठमाडौमै छन् । लकडाउनमा गाउँमा फसेकाले त्यसको उपयोग लेखनमा भइरहेको उनले बताए । नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठानका दु...














