रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड मंसिर २७मा हुँदै
काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो ।
रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सा...












