मड्रिडलाई हराउँदै बार्सिलोनालाई सुपर कप उपाधि
काठमाडौं, २ माघ
रियल मड्रिडलाई ३–१ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका करिम बेन्जिमाले एक गोल फर्काए ।
खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ४५ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । ६९ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्...