महिला टी-ट्वेन्टी सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षण
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ महिला टी-ट्वेन्टी सिरिजका लागि पहिलो चरणमा २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
बागमती प्रदेश टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी सोनी पाख्रिन पनि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूचीमा समावेश छिन् । अन्य खेलाडी भने पुरानै दोहेारिएका छन् ।
रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पूजा महतो, रोम...













