करिश्मा भन्छिन्, ‘कविताको फिल्म गर्ने रहर मेटिएजस्तो छ’
नेपाली फिल्ममा स्टार किड्सको प्रवेश बढ्दो छ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत धेरै स्टार किड्स फिल्म अभिनयमा होमिसकेका छन् । सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा रोकिएपछि उनको अभिनेत्री बन्ने सपना अधुरै रह्यो ।
फिल्ममा कविताको जोडी अभिनेता शिव श्रेष्ठका छोरा शक्ति...














