रास्वपा प्रवास विभागको वार्षिक तथा ग्रिल कार्यक्रम सम्पन्न
विराटनगर÷ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभाग बेल्जियम शाखाद्वारा आयोजित वार्षिक तथा ग्रिल कार्यक्रम बेल्जियमको लुभेन सहरमा भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बेल्जियमबाहेक युरोपका अन्य मुलुकहरूमा रहेका रास्वपा प्रवास विभागका प्रमुख, विभागीय सहयोगी, समर्थक, विभिन्न देशका कार्यसमिति सदस्यहरू तथा रास्वपाप्रति माया र समर्थन राख्ने नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
...














