पर्यटनमा पत्रकारलाई जाेड्न काेशी प्रदेशद्वारा सञ्चारकर्मीलाई तालिम
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को अवसरमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा लेटाङस्थित कृषि विकास तालिम केन्द्रमा शुक्रबार पर्यटन, वन तथा वातावरण मन्त्री शदानन्द मण्डलले कार्यक्रमको उद्घाटन गर्नुभयो।
धरानस्थित पर्यटन कार्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने तालिममा प्रदेशका १० जिल्लाबाट ७...














